३ कार्तिक २०८३, मंगलबार

‘लक्ष्मीपूजा’ यही दशैंमा रिलिज हुने

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असोज । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिल्म ‘लक्ष्मीपूजा’ यही दशैंमा रिलिज हुने भएको छ ।

फिल्मको यतिबेला उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।

समिर मियाँले निर्देशन गरिरहेको फिल्ममा शोभित बस्नेत निर्माता छन् । फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।

निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । उनले पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैं र तिहारको परिवेश देखाइनेछ ।

फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।