
काठमाडौं, ५ असोज । साताको दोस्रो दिन सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोलामा ९७ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दि आइतबार सुनको प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि आज तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया