३१ आश्विन २०८३, शनिबार

कोरोना संक्रममित डाक्टरलाई उपचार गर्न भारत लगियो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ५ असोज । कोरोना संक्रमित विराटनगरका एक डाक्टरलाई उपचारका लागि भारत लगिएको छ ।

कोशी अस्पताल विराटनगरको बाल रोग विभागमा कार्यरत डाक्टर विनोद बिराजीलाई उपचारका लागि भारत लगिएको हो । शनिबार सडकमा हिँडिरहेका उनी एक्कासी बेहोस भएर ढलेका थिए । तत्काल उपचारका लागि कोशी अस्पतालको आकस्मिक कक्षमा पुर्याइएका उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

सोही क्रममा उनलाई कोरोना संक्रमण समेत पुष्टि भएको थियो ।

बिराजीलाई मस्तिष्कमा पनि समस्या देखिएपछि आफन्तले उनलाई उपचारका लागि आइतबार भारत लागेका हुन् ।

उनको उपचारमा खटिएका अस्पतालका १६ जना स्वास्थ्यकर्मीलाई भने क्वारेन्टिनमा राखिएका छन् ।