काठमाडौं, ५ असाेज । निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ ।
डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरूले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिनेछ ।
बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहका अनुसार बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्न सकिनेछ ।
उनले भने, ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो ।’
हाल बैंकका १ सय १९ शाखा तथा १ सय ८४ ओटा एटिएम सञ्जालमार्फत सेवा दिँदै आएको छ । नयाँ बैंकिङ पद्दतीलाई अनुशरण गर्ने र नेपाली डिजिटल बैंकिङ क्षेत्र रहँदै आएको बैंक हो ।















प्रतिक्रिया