शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

डब्बु र सरिताको ‘पहिलो भेटमै’ सार्वजनिक

दैनिक नेपाल २०७७ असोज ४ गते २१:३२

काठमाडौं । गीतकार डब्बु क्षेत्री र गायिका सरिता भारतीले नयाँ गीतिसंग्रह ‘पहिलो भेटमै’ सार्वजनिक गरेका छन् ।

संग्रहमा अग्रज संगीतकार शम्भुजित बास्कोटाको संगीत र जुगल डंगोलको संगीत, गीतकार डब्बु क्षत्रीको शब्द र गायिका सरिता भारतीको स्वरमा २ वटा गीत रहेको छ । कोरोना संक्रमणका कारण आपसी दूरी कायम गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ट संगीतकार बास्कोटा, गायिका भारती र गीतकार क्षत्रीले यो गीतिसंग्रह सार्वजनिक गरेका हुन् ।

जसमा बजाई देउ बाजा…र पहिलो भेटमा…बोलको गीत रहेका छन् । सो क्रममा वरिष्ट संगीतकार शम्भुजित बास्कोटाले यसअघि डब्बु क्षत्रीका केही गीतमा आफूले संगीत गरिसकेको तर गायिका सरिताको लागि पहिलोपटक संगीत गरेकोे बताए । सरिता राम्री गायिका भएको र उनको यो गीतलाई दर्शकले मन पराउने विश्वास समेत उनले व्यक्त गरे ।

यस अघि ‘मेरो जवानी…’, ‘लुडो र तास…’, ‘कोरोनाले देशै रोयो…’, ‘रातो सारी लरक्कै…’, जस्ता सिंगल ट्रक एल्बम निकालेकी सरिताले अग्रज संगीतकार बास्कोटासँग काम गर्न पाउँदा निकै कुरा सिक्ने अवसर पाएको बताइन् । यसै साता गायक हेम श्रेष्ठसँग आफ्नो दशैं गीत र असोजको तेस्रो साता गायक हिमालय राजसँग देउडा गीत आउने पनि उनले जानकारी गराइन् ।

गीतकार क्षत्रीले करिब ७ वर्षपछि अग्रज संगीतकार बास्कोटासँग काम गर्ने अवसर जुरेको बताए । अब बास्कोटासँग सांगीतिक सहकार्य निरन्तर अघि बढ्ने विश्वास उनले व्यक्त गरे ।

 

प्रतिक्रिया
सम्बन्धित