शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

रमण कन्स्ट्रक्सनद्वारा फोटो पत्रकार महासंघलाई ‘प्रेस ज्याकेट’ सहयोग

दैनिक नेपाल २०७७ असोज ४ गते २०:२८

काठमाडैं, ४ असोज । निर्माण कम्पनी रमण कन्स्ट्रक्सनले फोटो पत्रकार महासंघलाई २०० थान प्रेस ज्याकेट सहयोग गरेको छ ।

ऐतिहासिक धरहरा पनर्निर्माण गरिरहेको कम्पनीले विगतमा पनि पत्रकारहरुलाई सहयोग गर्दै आएको र त्यसैको निरन्तरतास्वरुप महासंघलाई सहयोग गरेको बताएको छ । कन्सट्रक्सनका प्रमुख कार्यकारी अधिकृत रमण महतोले नेपाल फोटो पत्रकार महासंघलाई उक्त परिमाणको ज्याकेट प्रदान गरे ।

पूर्वअर्थमन्त्री डा. रामशरण महतको उपस्थितिमा एक अनौपचारिक कार्यक्रम आयोजना गरी महासंघका केन्द्रीय अध्यक्ष ध्रुब आलेलाई उक्त ज्याकेट हस्तान्तरण गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित