३ कार्तिक २०८३, मंगलबार

‘महारानी’ उपन्यासलाई यो वर्षको मदन पुरस्कार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असोज । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको ‘महारानी’उपन्यासले पाएको छ ।

मदन पुरस्कार गुठीले वर्ष २०७६ को मदन पुरस्कार महारानी उपन्यासलाई दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

गुठीलाई प्राप्त भएका १५१ पुस्तकमध्येबाट सात पुस्तक मदन पुरस्कारका लागि छनोट भएका थिए । त्यसमध्ये महारानीलाई पुरस्कार दिने निर्णय भएको हो । त्यसैगरी गुठीले प्रदान गर्ने जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई दिने निर्णय भएको छ।

गुठीले कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितिको कारण देखाउँदै पुरस्कार वितरण समारोहको विवरण पछि सार्वजनिक गर्ने बताएको छ ।