बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

काठमाडौँमा ६०२ सहित उपत्यकामा थपिए ७६७ कोरोना संक्रमित, ६ को मृत्यु

दैनिक नेपाल २०७७ असोज ४ गते १६:५४

काठमाडौँ, ४ असोज । काठमाडौँ उपत्यकामा थप ७ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ६ सय २, ललितपुरमा ६४ र भक्तपुरमा १०१ गरी उपत्यकामा ७ सय ६७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै, उपत्यकामा थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर र भक्तपुरमा एक एक जना र काठमाडौँमा एक महिलासहित ४ जना रहेका छन् ।

उपत्यकामा शनिबार ७ सय ११ जनामा संक्रमण देखिएको थियो ।

देशभर आइतबार थप १ हजार ३ सय २५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ४ सय १ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित