बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

थप १० कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४११ पुग्यो

दैनिक नेपाल २०७७ असोज ४ गते १६:३९

काठमाडौँ, ४ असोज । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ ।

आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १० कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

यससँगै मृतकको संख्या ४ सय ११ पुगेको छ ।

आइतबार देशभर थप १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ९ सय ६६ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित