शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

ओपो एफ १७ प्रो नेपालमा सार्वजनिक हुने निश्चित, नेपालमा चाँडै सार्वजनिक गरिने घोषणा

दैनिक नेपाल २०७७ असोज ४ गते १४:५५

काठमाडौँ, ४ असोज । अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ १७ प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

कम्पनीले आफ्ना सामाजिक सञ्जाल पेज पोष्ट मार्फत नयाँ उत्पादन सार्वजनिक हुने तयारीमा रहेको जानकारी विस्तारै दिन थालेको हो ।

ओपोका ब्राण्ड फ्रेन्डनायिका स्वस्तिमा खड्का, नेपाली चलचित्र उद्योगका लोकप्रिय ताराहरु अनुपविक्रम शाही, अलिशा राई तथा फोटोग्राफर/चलचित्र निर्माता सन्जोग राई लगायतका सामाजिक सञ्जाल पेजमा समेत फोन सम्बन्धि टिजर पोष्टहरु देखापर्न थालेका छन् ।

ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफ सिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक गरेको थियो ।

अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ १७ प्रोमार्फत थप अगाडी लैजाने तयारी गरेको छ । फोनमा दिइएको अल्ट्रा स्लिक फेशनेवल डिजाइन तथा अत्याधुनिक प्रविधिका कारण ओपो एफ १७ प्रोले एफ सिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ ।

ओपो एफ १७ प्रोले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा एफ सिरिज अन्तर्गत कै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ ।

नयाँ उत्पादन सार्वजनिकका लागि ब्यापक प्रचार गर्न थालिएको देखिए तापनि हालसम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने तत्काल आधिकारिक जानकारी दिएको छैन ।तथापी, प्रचार प्रसार नियाल्दा यही महिनाभित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ ।

हालसम्म कम्पनीले ओपो एफ १७ प्रोका विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन । तथापी, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै आफ्ना फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रबर्तनात्मक प्रविधिहरु प्नि नयाँ फोनमा समावेश गरिने आशा हामी सहजै गर्न सक्छौँ ।

कम्पनीले आउने समयमा आफ्ना सामाजिक सञ्जाल पेज मार्फत फोनका प्रमुख फिचर्सहरु सार्वजनिक गर्दै जाने निश्चित छ । तसर्थ, यदी नयाँ फोनको खोजीमा हुनुहुन्छ भने फोनकाबारे थप जानकारीका लागि ओपो नेपालको सामाजिक सञ्जाल पेजमा अवश्य जानु होला ।

प्रतिक्रिया
सम्बन्धित