बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

कर्मचारीमाथि करणी गरेको आरोपमा प्रशासकीय अधिकृत पक्राउ

दैनिक नेपाल २०७७ असोज ४ गते १२:४१

सांकेतिक तस्वीर

काठमाडौँ, ४ असोज । प्रहरीले कैलालीको जोशीपुर गाउँपालिकाका प्रशासकीय अधिकृत भानुभक्त उपाध्यायलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ ।

२४ वर्षीया एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा उपाध्यायलाई इलाका प्रहरी कार्यालय भजनीको टोलीले पक्राउ गरेको हो ।

ती महिलाले उपाध्यायविरुद्ध जाहेरी दिएकी थिइन् । उपाध्यायलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएको डीएसपी विष्टले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित