बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

हवाई उडानमा सबै सिटमा यात्रु राख्ने पाइने, भाडा नबढ्ने, ९ दिनसम्म २५ प्रतिशत उडान

दैनिक नेपाल २०७७ असोज ४ गते १२:००

काठमाडौँ, ४ असोज । आन्तरिक हवाई उडानमा वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राख्न पाउने भएको छन् ।

असोज ५ गतेबाट नियिमत उडान सुरु हुने जानकारी दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गरेको छ ।

पत्रमा सिट संख्याको बारेमा केही भनिएको छैन ।

वायुसेवा कम्पनीहरुले भौतिक दुरी कायम गरी उडान भर्न सक्ने भएका छन् ।

सरकारले यसअघि ५० प्रतिशत सिटमा मात्रै यात्रु बोक्न पाउने भनेकोमा पर्यटन मन्त्रालयले त्यसमा सहजीकरण गरेको हो ।

पूर्वनिर्धारित स्वास्थ्य मापदण्डका सबै सुरक्षा सतर्कताहरु अपनाएर उडान गर्न पाउने मन्त्रालयले जनाएको छ ।

सोमबारबाट ९ दिनसम्म सबै साविकको उडानको तुलनामा २५ प्रतिशत मात्रै उडान हुने वायुसेवा संस्थाले तालिका तय गरेको छ ।

मन्त्रालयका अनुसार अक्टोबर १ बाट भने माग र आवश्यकताअनुसार थप उडान हुँदै जानेछ ।

त्यस्तै, हवाई यात्रा गर्दा तत्काल भाडा भन नबढ्ने भएको छ । सरकारले ५० प्रतिशत यात्रु राखेर भाडा बढाउन भने पनि वायसेवा कम्पनीले भाडा नबढाउने तर सबै सिटमा यात्रु राख्न पाउनुपर्ने बताएका थिए ।

त्यस्तै, सबै यात्रुले बोर्डिंग पास लिनुअघि हेल्थ डिक्लेरेसन फारम भर्नपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित