७ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री ओलीको एक उद्धघोषमा नेपालकै ठुलो सभाहल लुम्बिनीमा तयार हुँदै

14.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल

भैरहवा, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपल्ट प्रधानमन्त्री भएको बेला २०७३ सालको २५६०औँ बुद्ध जयन्तीको लागि लुम्बिनी आए ।

बुद्ध जयन्ती समारोह अस्थायी संरचना बनाएर आयोजना गरिएको थियो । उक्त संरचना समारोह आयोजना हुदै गर्दा हावाहुरी र वर्षाले प्रभावित पार्यो ।

हावाहुरीका कारण समारोह नै बिथोलिएपछि प्रधानमन्त्री ओलीले लुम्विनी जस्तो अन्तराष्ट्रिय महत्वको क्षेत्रमा सभाहल नहुनुको पिडादायिक क्षण आफैले देखेपछि नेपालकै ठुलो सभाहल आर्को पटक बुद्धजयन्ती मनाउन लुम्बिनी आउदा हुनेछ भनेर घोषणा गरे ।

आर्को पटक अर्थात २५६१ औ बुद्धजयन्ती सम्म भने प्रधानमन्त्री पदमा केपी ओली रहन सकेनन् तर समारोहमा सम्बोधन गर्दै लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण गर्ने उद्घोष उनलाई स्मरण थियो ।

आफ्नो उद्घोष स्मरण गर्दै प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रधानमन्त्री भएर लुम्बिनी आउदा २५६२ औँ बुद्ध जयन्तीको अवसरमा २०७५ वैशाख १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीको हात बाट सभागृह तथा ध्यान केन्द्रको शिलान्यास भयो ।

र सोही सभागृह तथा ध्यान केन्द्र अवको केही महिना भित्र सभा समारोह गर्न योग्य हुनेछ र आगामी बर्ष हुने २५६४ औ बुद्ध जयन्ती समारोह यही सभाहलमा हुनेछ ।

अहिले प्रधानमन्त्रीकै योजना लुम्बिनीमा अन्तराष्ट्रिय स्तरको सभागृह तथा ध्यान केन्द्र निर्माणको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । सभागृह तथा ध्यान केन्द्र निर्माणको पहिलो चरणको काम ९० प्रतिशत सकिएको छ ।

पहिलो चरणमा सभा हल, दुईवटा शौचालय र कन्ट्रोल रुम निर्माण भएको छ । सभागृह तथा ध्यान केन्द्रमा मौसमअनुसार ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुनसक्ने ईपीएस प्यानल प्रयोग गरेर छानो छाइएको छ ।

३८६.८८ वर्गमिटरमा बनिरहेको सभागृहसहितको संरचना बनाउन पहिलो चरणमा २८ करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। अहिले अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले निर्माणको काम गरिरहेको छ ।

कन्सलट्यान्ट इन्जिनियर राज किशोर झाका अनुसार हलमा छानोदेखि तल १२ हजार ७ सय वर्गमिटरमा फल्स सिलिङ बनाइनेछ ।

ध्यानकेन्द्रको छानो ५० एमएमको ईपीएस स्याण्डवीच प्यानलको ट्रसबाट बनेको छ भने यसको उचाइ १२.३३ मिटरदेखि २०.४९ मिटरसम्म रहेको छ ।

छाता शैलीमा निर्माण भइरहेको सभागृह अत्याधुनिक र सुविधासम्पन्न हुनुका साथै मुलुककै सबैभन्दा ठूलो र आकर्षक हो । ५ हजार क्षमताको यो सभागृहमा १० मिटर गहिराइका १ सय ४० वटा पाइल फाउन्डेसन निर्माण गरिएको छ ।

मुलुककै नयाँ र फरक शैलीमा बनिरहेको सभागृहको छाना स्टिल र फलामको प्रयोगबाट बनाइएको छ । पहिलो चरणको काम सक्नु पर्ने समयावधि सकिए पनि लकडाउनलगायत कारणले ढिलाइ भएको छ ।

जापानी वास्तुकलाविद् प्रो.केन्जो टाँगेले बनाएको लुम्बिनी गुरुयोजनामा सभागृह नभए पनि यसलाई गुरुयोजनामा मेलखाने गरी निर्माण गरिने लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवदेश कुमार त्रिपाठीले बताए । लुम्बिनी विश्वका बौद्धमार्गी र शान्तिप्रेमीहरुको आस्थाको केन्द्र हो।

मुलुककै प्रमुख पर्यटकीय केन्द्र रहेको यहाँ वर्षेनी स्वदेशी र विदेशी गरी १५ लाख बढी पर्यटक आउँछन् । सभाहल तथा ध्यान केन्द्र निर्माणसँगै पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास रहेको प्रदेश नं ५ प्रदेश सभा सदस्य बिष्णू पन्थीले जानकारी दिए ।

दोस्रो चरणमा करिब ४० करोड लागत लाग्ने जनाइएको छ। दोस्रो चरणमा कम्पाउण्ड वाल, ल्याण्ड स्केप, पार्किङ, विद्युतीकरण, विशिष्ट पाहुनाका लागि प्रतीक्षा कक्ष, बुद्ध मूर्तिसहितको आकर्षक वाटर फाउन्टेन, दुई शौचालय भवन, सौन्दर्यीकरणलगायतका काम गरिने कोषले जनाएको छ । करिब एक वर्षभित्रै दोस्रो चरणको काम सकिनेछ ।