७ कार्तिक २०८३, शनिबार

२ केजी चरेशसहित एक पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३ असोज । चन्द्रागिरी नगरपालिका १२ ईन्द्रचोकबाट २ केजी अवैध लागूऔषध चरेश सहित सोही ठाउँ बस्ने मकवानपुर थाहा नगरपालिका ७ घर भएका २३ वर्षीय सुनिन्द्र स्याङताङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्याङताङले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त परिमाणको चरेश फेला पेरको हो ।

स्याङताङ उपर लागूऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान भइरहेको उक्त वृत्तले जनाएको छ ।