७ कार्तिक २०८३, शनिबार

एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गरिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ असोज । संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले यस बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।

उक्त अवसरमा यस बैंकको तर्फबाट राष्ट्रपति तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता जाहेर गरेको छं ।

अग्रवालले पाँच दशक देखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याउँदै यस बैंकको अध्यक्षका साथै हाल विशाल गु्रपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएका छन् ।

साथै उनले भीजी फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएका छन् ।