बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

शनिबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

दैनिक नेपाल २०७७ असोज ३ गते १७:२८

काठमाडौँ, ३ असोज । नेपालमा शनिबार थप १ हजार २ सय ४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६२ हजार ७ सय ९७ जना पुगेको छ ।

अहिले देशभर १७ हजार १ सय २९ जना सक्रिय संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को ओखलढुंगामा ३, खोटाङमा १, झापामा ६, मोरङमा ३३ र सुनसरीमा २३ जनामा कोरोना भएको छ ।

त्यस्तै, थपिएका संक्रमितहरुमा प्रदेश २ को धुनषामा २, पर्सामा ६, बारामा १ सय ११, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा १९, सर्लाहीमा १५ र सिरहामा ८ जना रहेका छन् ।

त्यस्तै, काठमाडौँमा मात्र ५ सय ७० जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा १४, चितवनमा ७, दोलखामा ५, धादिङमा १३, नुवाकोटमा ४, भक्तपुरमा ३, मकवानपुरमा १८, रामेछापमा ९, ललितपुरमा ५८, सिन्धुपाल्चोकमा ४ र सिन्धुलीमा ७ जना संक्रमित थपिएका छन् ।

त्यस्तै, गण्डकी प्रदेशको कास्कीमा १३, गोरखामा ४, तनहुँमा ५, नवलपरासी पूर्वमा ४५, पर्वतमा २, लमजुङमा ५ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश ५ को अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, दाङमा २८, नलवपरासीमा १, पाल्पामा २, प्युठानमा १, बर्दियामा २०, बाँकेमा २० र रुपन्देहीमा १ जनामा कोरोना पाइएको छ ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा २ र सुर्खेतमा ३, सुदूरपश्चिमको कञ्चनपुरमा २, कैलालीमा ८, डडेल्धुरामा ३, दार्चुलामा २१ र बैतडीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म ४ सय १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित