शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

१७९ आईसीयू र ३५ जना कोरोना संक्रमित भेन्टिलेटरमा

दैनिक नेपाल २०७७ असोज ३ गते १७:१०

काठमाडौँ, ३ असोज । देशभर विभिन्न स्थानमा १ सय ७९ कोरोना संक्रमित आईसीयूमा र ३५ जना भेन्टिलेटरमा उपचाररत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा, प्रदेश २ मा ४, वागमती प्रदेशमा १ सय २७, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा २४ र कर्णाली प्रदेशमा ११ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।

त्यस्तै, प्रदेश १ मा १, वागमती प्रदेशमा ३३ र प्रदेश ५ मा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् ।

देशभर शनिबार थप १ हजार २ सय ४ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म कोरोनाका कारण ४ सय १ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित