शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

थप ११ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४ सय नाघ्यो

दैनिक नेपाल २०७७ असोज ३ गते १६:५१

काठमाडौँ, ३ असोज । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।

शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप ११ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

यससँगै मृतकको संख्या ४ सय १ पुगेको छ ।

शनिबार देशभर थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ हजार ४ सय ४७ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित