बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

पेट्रोलियम पदार्थमा मिसावट गर्ने २ जना पक्राउ

दैनिक नेपाल २०७७ असोज ३ गते १६:३७

बारा, ३ असोज । नेपाल आयल निगम अमलेसगञ्ज गइरहेको पेट्रोलियम पदार्थमा मिसावट गर्ने २ जना टयांकर चालकलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

भारतीय आयल निगम रक्सौलबाट पेट्रोल लिएर जानेक्रममा बाटोमै मिसावट गर्ने टयांकर चालक जितपुर सिमरा उपमहा नगरपालिका–२१ का बर्ष २६ का राजेश विश्वकर्मा र हेटौंडा नगरपालिका– ११ का २९ वर्षीय सन्तोष खड्का पक्राउ परेका हुन् ।

दुवै जनामाथि कालोबजारी तथा सामाजिक अपराध मुद्धा दर्ता गरेर जिल्ला अदालत कलैयाबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको बारा प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्राले जानकारी दिए ।

ना ७ ख ३९२३ र ना ७ ख ४०९३ नम्बरको टयांकरमा शुक्रवार उनीहरुले ल्याएको पेट्रोलको नेपाल आयल निगम अमलेसगंजमा गुणस्तर जाँचगर्दा मिसावट भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित