बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

जीओ फोर्डको फोर्ड फेस्टिभ अफर सार्वजनिक

स्क्र्याच कार्ड, ६ महिने ईएमआई होलिडे र स्थगित भुक्तानी छनौट गर्न पाइने

दैनिक नेपाल २०७७ असोज ३ गते १६:०१

काठमाडौं, ३ असोज । नेपालका लागि फोर्ड गाडीहरूको अधिकृत विक्रेताल जीओ अटोमोबाइल्स प्रालि (जीओ फोर्ड) ले दशैं तथा तिहारलगायत चाडपर्वलाई लक्षित गरी ‘फेस्टिभ अफर’ ल्याएको छ ।

यो वर्ष फोर्ड फेस्टिभ अफर अन्र्तगत ग्राहकको सुविधालाई दृष्टिगत गर्दै ३ वटा अफरहरू सार्वजनिक गरेको हो । र्साजनिक गरिएका अफरहरूमध्ये ग्राहकले एउटा छनोट गर्न सक्ने कम्पनीले बताएको छ । अफर अन्तर्गत गाडी खरिद गर्दा नगद छूट, आर्थिक वर्षका लागि सडक कर र एक वर्ष निस्शुल्क बीमा जस्ता नियमित लाभहरू पनि लिन सकिने कम्पनीले बताएको छ ।

गाडीको बुकिङमा नगद छूट, सडक कर र बीमाको नियमित लाभहरूबाहेक ग्राहकले स्क्र्याच कार्ड, ६ महिने ईएमआई होलिडे र स्थगित भुक्तानीजस्तो योजना समेत छनोट गर्न पाउने छन् ।

स्क्र्याच कार्ड

ग्राहकले बक्सबाट ३ वटा स्क्र्याच कार्ड छनोट गरी ४ लाख ५० हजारसम्म जित्ने मौका पाउने छन् । प्रत्येक स्क्र्याच कार्डमा ग्यारेन्टी मूल्य २५ हजार रूपैयाँदेखि बढीमा १ लाख ५० हजार रूपैयाँसम्म हुने छ । यो अफरअन्र्तगत ग्राहकले विस्तृत बीमा र आधारभूत एसेसोरिज प्राप्त गर्ने छन् ।

६ महिने ईएमई होलिडे

यो योजना अन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिने छ । यो योजनाको सुविधा माछापुच्छ्रे बैंकमार्फत उपलब्ध हुने कम्पनीले बताएको छ । जीओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याजबापतको रकम तिरीदिने छ । यो योजनामा ग्राहकले एसेसोरिज र बीमा पनि प्राप्त गर्ने छन् ।

स्थगित भुक्तानी

यो योजना अन्तर्गत ग्राहकले ३०% रकम डाउन पेमेन्टका साथ बैंकबाट जारी ५०% को डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्ने कम्पनीको भनाइ छ । बाँकी २०% का लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिने छ ।

यी ४ महिनामा ग्राहकले २०% लाई बराबर भाग लगाइ किस्तामा तिर्नुपर्ने छ । बाँकी रकम तिरी सकेपछि बैंक लोनका लागि प्रस्ताव अगाडि बढाउने छ । यो योजनामा ग्राहकले बैंकको किस्ता पहिले नै बेहोर्नुपर्ने छैन ।

यो योजनामा फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रीस्टाइल र फोर्ड इकोस्पोर्टको भेरियन्टहरूमा उपलब्ध छ ।

प्रतिक्रिया
सम्बन्धित