७ कार्तिक २०८३, शनिबार

भोजपुरकी गाउँपालिकाकी उपप्रमुख राईको निधन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, ३ असोज । भोजपुर हतुवागढी गाउँपालिकाकी उपप्रमुख चन्द्रमा राईको ४५ वर्षको उमेरमा निधन भएको छ ।

राईको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा शनिबार विहान निधन भएको हो ।

साता अघिदेखि ज्वरो र झाडापखालाले बिरामी परेकी राईलाई गत भाद्र २९ गते गाउँपालिकाको घोरेटारस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो ।

ज्वरो र झाडापखालासँगै चेकजाँचका क्रममा उनलाई जण्डिससमेत देखिएको परिवार श्रोतले जनाएको छ । स्वास्थ्यमा सुधार देखिए पनि अचानक रक्तचाप कम भएपछि राईलाई भाद्र ३१ गते विराटनगर लगिएको थियो ।