शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सडकमा भीडभाड नगर्न कुलमान घिसिङको आग्रह

दैनिक नेपाल २०७७ असोज ३ गते १५:१३

काठमाडौं, ३ असोज । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिको माग गर्दै सडकमा भीडभाड नगर्न आग्रह गरेका छन् ।

कार्यकाल पूरा भएपछि नेतृत्वको निरन्तरता वा परिवर्तन स्वाभाविक प्रक्रिया भएको भन्दै उनले आफू नै फेरि निर्देशक हुनुपर्छ भन्ने नरहेको उनले बताएका छन् । सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी आफूले सफलतापूर्वक सम्पन्न गरी कार्यकाल पूरा गरेको उनको भनाइ छ ।

प्राधिकरणमा कसलाई कार्यकारी निर्देशक नियुक्त गर्ने भन्ने अधिकार सरकारमा निहित भएको भन्दै उनले उपयुक्त समयमा उपयुक्त र आवश्यक निर्णय सरकारले लिने विश्वास समेत व्यक्त गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै घिसिङले भनेका छन्, ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भीडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया
सम्बन्धित