शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

डा. गोविन्द केसीसँग ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ गर्न कांग्रेसको माग

दैनिक नेपाल २०७७ असोज ३ गते १४:५१

काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले अनशनरत डा. गोविन्द केसीसँग इमानदार वार्ता र सार्थक कार्यान्वयन’ गर्न सरकासँग आग्रह गरेका छन् ।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न माग राखी विगतदेखि नै सत्याग्रहमा बस्दै आएका डा. गोविन्द केसीको जुम्लामा जारी पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगरेकाले कांग्रेस गम्भीर भएको उनले बताएका छन् ।

‘०७५ साउन १० गते प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. केसीसँग सरकारले गरेको सम्झौता त्यही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको नजिर नदोहोर्याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ का लागि नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ’, शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानदेखि राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान सम्मको माग अघि सारेर अनशनरत डा. केसीसँग संवाद गरेर उनको जीवनलाई जोखिमबाट जोगाउँदै जायज मागहरू पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न नेपाली कांग्रेस संघीय सरकार र कर्णालीको प्रदेश सरकार दुवैलाई सार्वजनिक रूपले अपील र आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित