१ कार्तिक २०८३, शनिबार

आवश्यकताका आधारमा संविधान संसोधन गर्न सकिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकताका आधार संविधान संशोधन गरेर अगाडि बढ्न सकिने बताएका छन् ।

संविधानले कसैलाई पनि विभेद नगरेको गरेको भन्दै प्रधानमन्त्री ओलीले यदि कसैलाई विभेद गरेको पुष्टि भए औचित्य र आवश्यकताका आधारमा संसोधन गरी अगाडि बढ्न ससकिने बताएका हुन् ।

संविधान (राष्ट्रिय) दिवस, २०७७ को अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधान सबैलाई अटाउने संविधान रहेको भन्दै आशंका वा अस्पष्टता भए त्यसलाई हटाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उक्त अवसरमा उनले अब देशको विकासमा जुट्न पनि आग्रह गरेका छन् । विकासको काम भइहाल्छ नि भनेर पन्छिने अवस्था नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सुशासन र पारदर्शिता विकासको अत्यावश्यक शर्त भएको पनि बताउँदै यतिबेला कसैले पनि डिलमा बसेर रमिता हेर्न नहुने बताएका छन् ।