शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पत्रकार निर्मला पहराईप्रति महासंघद्वारा शोक व्यक्त

दैनिक नेपाल २०७७ असोज ३ गते १३:४९

काठमाडौं, ३ असोज । नेपाल पत्रकार महासंघले कैलालीकी पत्रकार निर्मला पहराईको मृत्युप्रति शोक व्यक्त गरेको छ ।

कैलालीस्थित रेडियो कैलाली एफएममा कार्यरत पत्रकार पहराई मृत अवस्थामा फेला परेको घटनाले महासंघ स्तब्ध भएको जनाउँदै दुःख व्यक्त गरेको हो ।

शनिबार शोक विज्ञप्ति जारी गर्दै महासंघले महासंघले भने छ, ‘नेपाल पत्रकार महासंघ स्वर्गीय पहराईप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गदै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’

केही दिनअघिदेखि सम्पर्कविहीन रहेकी पहराई कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित जंगलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनाबारे गहिरोसँग अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग महासंघले माग समेत गरेको छ ।

यो पनि पढ्नुहोस्–

प्रतिक्रिया
सम्बन्धित