१ कार्तिक २०८३, शनिबार

काँग्रेस महामन्त्री शशांक कोइराला डिस्चार्ज

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मंगलबार ओम अस्पताल भर्ना भएका डा. कोइराला स्वास्थ्यमा सुधार आएपछि शनिबार डिस्चार्ज भएका हुन् । कोईरालामा स्वकीय सचिव भरत तिवारीका अनुसार स्वास्थ्यमा सुधार भइसकेकाले एक हप्ता होम आइसोलेसनमा बस्ने गरी उनलाई हस्पिटलबाट डिस्चार्ज गरिएको हो ।

उनको एक हप्तापछि फेरि पीसीआर परीक्षण गरिने छ ।