शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

९ वर्षीया बालिकालाई एकान्तमा लगेर यौन दुर्व्यहार

दैनिक नेपाल २०७७ असोज ३ गते १३:०९

कास्की, ३ असोज । ९ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक ३२ वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–६ का ३२ वर्षीय विकास विक छन् । विकले भदौ ३० गते ती बालिकलाई ललाईफकाई एकान्त ठाउँमा लगेर करणीको आशय राखी यौन दुर्व्यहार गरेको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठलेका अनुसार पीडित बालिकाले दिएको जाहेरीको आधारमा विकलाई नियन्त्रणमा लिइएको हो ।

अभियुक्त विकलाई बाल यौन दुरुपयोग कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित