बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

पोखरामा १३ सहित गण्डकी प्रदेशमा थपिए ५१ जना संक्रमित

दैनिक नेपाल २०७७ असोज ३ गते १२:५९

पोखरा, ३ असोज । पोखरा महानगरका १३ जनासहित गण्डकी प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

निर्देशनालयले पोखरा महानगरका ७ वटा वडाका १० जना पुरुष तथा ३ महिलामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

त्यसैगरी निर्देशनालयले स्याङजा ५ की ५२ वर्षीया महिला, तनहुँ ब्यास ६ का ३३, ३९ र ६० वर्षीय पुरुष एवं नवलपुर देबचुलीका ७ वर्षीय बालकदेखि ६२ वर्ष उमेर समुहका १६ पुरुष तथा ५ वर्षीया बालिका देखि ८० वर्ष उमेर समूहका १८ महिलामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ४०२ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित