बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रधानमन्त्रीद्वारा विपत्तिबाट जीवन गुमाउनेहरूप्रति दुःख व्यक्त

दैनिक नेपाल २०७७ असोज ३ गते ११:२९

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न प्राकृति विपत्तिमा परेर जीवन गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

कोरोना भाइरसको महामारीका अतिरित्त भूकम्प, बाढी पहिरो, हावाहुरी र आगलागीजस्ता प्राकृतिक प्रकोपमा परेर जीवन गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै उनले शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । यस्तै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत प्रधानमन्त्रीले गरेका छन् ।

शनिबार संविधान (राष्ट्रिय) दिवस २०७७ को अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मानव जातीले प्राकृतिक विपत्ति भोग्दै आएको छ र हामी नेपालीले पनि हरेक वर्ष भोग्दै आएका छौं ।’

यसपटक अतिवृष्टिका कारण देशका विभिन्न भागमा आएको बाढी÷पहिरोबाट धेरैको ज्यान गएको छ भने दर्जनौं नेपालीले त सिंगो परिवार नै गुमाउनु परेको छ ।

‘केही बस्तीहरू सखाप भएका छन्, कैयौं परिवार घरबारबिहीन हुन पुगेका छन् । महामारीबाट ज्यान गुमाउने जत्तिकै संख्यामा यी प्राकृतिक विपत्तिमा पनि नेपालीहरूको ज्यान गएको छ’, उनले भने, ‘यस विपत्तिबाट जीवन गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

प्रतिक्रिया
सम्बन्धित