१ कार्तिक २०८३, शनिबार

हतुवागढी गाउँपालिका उपाध्यक्ष राईको निधन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, ३ असोज । जिल्लाको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार बिहान उनको निधन भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुर जिल्ला सचिवालय सदस्यसमेत रहेकी हतुवागढी–४ फलामढुङगाकी ४७ वर्षीया राईलाई गत भदौ २९ गतेदेखि सामान्य ज्वरो आएको थियो ।

सुरुमा प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार गराएकी उनलाई असोज १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो ।

उनमा जन्डिस र रक्तचापको समस्या देखिएको अस्पतालले बताएको छ ।