बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

बुसान फिल्म फेस्टिभलमा ‘जुलुंगो’ पनि चयन

दैनिक नेपाल २०७७ असोज ३ गते ६:३७

काठमाडौं । कोरियोका प्रतिष्ठित बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा यस वर्ष राजेशप्रसाद खत्री निर्देशित लघु चलचित्र ‘जुलुंगो (अ स्केयर क्रो)’ पनि चयन भएको छ ।

बुसानले सोमबार सार्वजनिक गरेको सूचीअनुसार एसियन सर्टमा प्रतिस्पर्धामा ‘जुलुंगो’ छनोट भएको जनाएको छ ।

चलचित्र बुसानको ‘वाइड एंगल : एसियन सर्ट फिल्म कम्पिटिसन’अन्तर्गत छनोट भएको हो ।

तीन दिनअघि नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ मुख्य प्रतिस्पर्धामा छनोट भएको हो । योसहित नेपालबाट यसपालि बुसानमा दुई फिल्म छानिएका छन् ।

यस वर्ष बुसनमा दुई नेपाली फिल्म छनोट भएको छ । कोरियाको प्रतिष्ठित एसियाली फिल्म फेस्टिभल बुसानमा छनोट भएपछि निर्माण टोलीले बिहीबार ‘जुलुंगो’को पोस्टर सार्वजनिक गरेको छ ।

‘वाइड एंगल : एसियन सर्ट फिल्म कम्पिटिसन’ प्रतिस्पर्धाका लागि १० एसियाली फिल्म छनोटसँगै जुलुंगो पनि परेको छ ।

नेपाल, फ्रान्स र हङकङको संयुक्त निर्माणमा बनेको यस फिल्मका निर्माताहरू र भाम (नेपाल), क्याथरिन डसार्ट (फ्रान्स) र सुक फोङ चोक (हङकङक) हुन् ।

बुख्याँचा बनाउने जिम्मा पाएपछि आमालाई सहयोग गर्नुपर्ने कारणले स्कुल जानबाट वञ्चित भएकी नानीको कथा जुलुंगोमा छ ।

शून्य फिल्मसले निर्माण गरेको फिल्मको सिनेमाटोग्राफी शिशिर बिसांखेले गरेका हुन् ।

फिल्मा मुगुकै स्थानीय कविता बुढा, राधिका मल्ल, तारादेवी मल्ल, कविराज भामलगायतको अभिनय रहेको छ । असिम खनालको सहायक निर्देशन रहेको जुलुंगोको किरण श्रेष्ठकोे सम्पादन, किशोर आचार्यको साउन्ड डिजाइन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित