७ कार्तिक २०८३, शनिबार

प्रदेशमा २ मा थपिए १४० कोरोना संक्रमित, २ को मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असोज । प्रदेश नम्बर २ मा शुक्रबार थप १ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ पछिल्लो घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । यससँगै प्रदेशमा मृत्यु हुनेको संख्या १ सय १५ पुगेको छ । त्यस्तै, संक्रमितको संख्या १२३ हजार ७ सय ४४ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

हालसम्म पर्सामा ४० जना, बारामा १७ जना, धनुषामा १५ जना, महोत्तरीमा १३, सिरहामा ११, सप्तरीमा ९, रौतहटमा ५, सर्लाहीमा ४ र १ जना भारतीयको हालसम्म प्रदेशमा मृत्यु भइसकेको छ ।

शुक्रबार थपिएका संक्रमितहरुमा ३६ जना महिला र १ सय ४ जना पुरुष रहेका छन् ।

जसमा बारामा ७७, सप्तरीमा २९, पर्सामा १५, सिरहमा ८, धनुषामा ६, रौतहटमा ४ र महोत्तरीमा १ जना रहेका छन् ।