७ कार्तिक २०८३, शनिबार

सुजुकीको यस्तो छ दशैँ तिहार योजना

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असोज । सुजुकी कम्पनिको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयात कर्ता तथा बिक्रेता भी.जी. अटो मोवाईल्स प्रा.ली. ले आउँदै गरेको वडा दशै, शुभ दिपावली तथा छठ पर्व लाई लक्षित गरि आफ्ना ग्राहक वर्गहरुका लागि सुजुकी दशै तिहार अफर प्रारम्भ गरेको छ ।

चाड पर्व सबैको हौसला हाम्रो भन्ने नारा लिएको यस अफर अन्तर्गत ग्राहक वर्गहरुले सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल १२ रुपैयाँ नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् । साथै एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको छ ।

हाल देशको विसम परिस्थितिमा सुजुकीले आफ्ना ग्राहक वर्गहरुलाई सजक र सुरक्षित रहि चाड पर्व मनाउन र सुजुकी दशैँ तिहार अफरको फाईदा लिन आह्वान गरेको छ ।

सुजुकी दशैँ तिहार अफरले ग्राहकवर्गहरुको मन जित्ने कुरामा कम्पनी निश्चिन्त छ । सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाईनहरुको मोटरसाईकल तथा स्कुटरले ग्राहक वर्गहरुको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकवर्गहरु थप उत्साहित हुने कम्पनिका मार्केटिङ्ग म्यानेजर समित सिंह बताए ।