शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

२ महिने शिशुसहित कर्णालीमा थप ३५ जनामा कोरोना, १६ डिस्चार्ज

दैनिक नेपाल २०७७ असोज २ गते १७:५५

काठमाडौँ, २ असोज । कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुमा २ महिने शिशुसमेत छन् ।

कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी अस्पताल प्रयोगशाला रुकमपश्चिममा गरिएको परीक्षणमा शुक्रबार ३५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएका संक्रमितहरुमा रुकुमपश्चिमका २३ जना, सुर्खेतका ६ जना, सल्यानका ५ जना र मुगुका एक जना रहेका छन् ।
यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६३ जना पुगेको छ ।

त्यस्तै, शुक्रबार थप १६ जना डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा २ हजार ६ सय ४९ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित