१ कार्तिक २०८३, शनिबार

यसरी आयो नेपाली भूमिमा नेपालको आफ्नै रेल (भिडियो)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । शुक्रबार नेपाली भूमिमा नेपालको आफ्नै रेल आइपुगेको छ ।

भारतमा निर्माण भएको रेल आज भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याइएको हो । जनकपुर–जयनगर चल्ने उक्त रेल नेपाल प्रवेश गरेर जनकपुरतर्फ आइरहँदा जनकपुरमा भने रेल हेर्नेका भीड लागेको छ ।

अबको केही घटामै रेल जनकपुर आइपुग्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार पहिलोपटक आउन लागेकोकोले बाटोको अवस्था मूल्यांकन गर्दै केही ढिलो गरी आइपुग्ने छ ।

हेर्नुहोस् भिडियो–

https://www.facebook.com/shyamkajiktm/videos/4984177831607777

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार नेपालको राष्ट्रिय झण्डा अंकित २ वटा रेल भारतको बिहारमा रहेको हाजीपुर स्टेसनबाट जयनगर हुँदै नेपाल ल्याइएको हो ।

आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागको भनाइ छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गको भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुने छ ।

(तस्वीर रेल विभागका महानिर्देशक बलराम मिश्र र भिडियो श्यामकाजी खत्रीको फेसबुकबाट लिइएको हो ।)