बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

जबरजस्ती चन्दा संकलन गरिरहेका २ जना युवा यसरी परे प्रहरीको फन्दामा

दैनिक नेपाल २०७७ असोज २ गते १३:३८

कास्की, २ असोज । पोखरा महानगरपालिका–६ हल्लन चोकबाट जबरजस्ती चन्दा संकलन गरिरहेको अवस्थामा २ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका–७ मोतीडाँडाका रबिन केसी भन्ने २७ वर्षीय ध्वजबहादुर रावत र रोल्पा गंगादेबी गाउँपालिका–२ का २२ वर्षीय रामकुमार डाँगी छन् । उनीहरु दुबै जना काठमाडौंमा बसोबास गर्दै आएको प्रहरीले बताएको छ ।

उक्त स्थानमा जबरजस्ती चन्दा असुली गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई चन्दाबापत लिएको नगद १ लाख रुपैयाँ, ४ थान मोबाईल, १ थान मोटरसाइकल र चन्दा उठाउन प्रयोग गरिएको १ थान नगदी रसिदसहित फेला पारी पक्राउ गरेको बताएको छ ।

उनीहरुविरुद्ध चन्दा ऐनसम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित