१ कार्तिक २०८३, शनिबार

प्रहरी आफै ग्राहक बनेर प्याज किन्न गएपछि…

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २ असोज । प्याजको कालोबजारी गरेको भन्दै कलैया उपमहानगरपालिका–१ स्थित खुशी स्टोरका सञ्चालक पक्राउ परेका छन् ।

कलैया–१ का स्थानीय व्यापारी चन्दन साहलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो । प्याजको कृत्रिम अभाव देखाई खरिद मूल्यको दोब्बरसम्म बिक्री गरी कालोबजारी गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरीले उक्त स्टोरमा ग्राहक बनी प्याज खरिद गर्दा प्रतिकिलो ४३ रुपैयाँमा खरिद गरेको प्याजलाई साहले प्रतिकिलो ८० रुपैयाँमा बिक्री गरेको पाइएपछि उनलाई तत्काल पक्राउ गरिएको हो ।

स्टोरमा लुकाई राखेको ४५८ किलो प्याज समेत प्रहरीले बरामद गरेको छ ।