शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

विश्वभर कोरोनाबाट ३ करोड मानिस संक्रमित, ९ लाख भन्दा बढीको ज्यान गयो

दैनिक नेपाल २०७७ असोज २ गते १२:१८

अमेरिका, २ असोज । कोरोना भाइरसबाट विश्वभर सङ्क्रमित हुनेको संख्या ३ करोड नाघेको छ ।

संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको सङ्ख्या ९ लाख नाघेको छ ।

कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६६ लाख ६९ हजार ३२२ भन्दा बढी सङ्क्रमित भएका छन् भने १ लाख ९७ हजार ५८९ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ ।

यस्तै दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित ब्राजिलमा छन् । मृतकको सङ्ख्याको हिसाबले चाहिँ ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ ।

ब्राजिलमा १ लाख ३४ हजार १०६ जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८३ हजार १९८ जनाको मृत्यु भएको छ ।

यस्तै रुसमा १० लाख ८१ हजार १५२ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७ लाख ४४ हजार ४०० व्यक्ति सङ्क्रमित छन् ।

प्रतिक्रिया
सम्बन्धित