शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भारतले अकस्मात रोक्यो नेपाली भूमिमा बनाइएको सडक पुलहरुको उद्घाटन

दैनिक नेपाल २०७७ असोज २ गते ११:३२

फाइल तस्वीर : भारतले नेपाली भूमि मिचेर बनाएको सडक ।

कञ्चनपुर, २ असोज । भारतले नेपाली भूमिमा निर्माण गरेको सडक पुलहरुको उद्घाट कार्यक्रम स्थगित गरेको छ ।

नेपाली भूमि अतिक्रमण गरेर भारतले एकतर्फी रुपमा निर्माण गरेको मानसरोबर जोड्ने सडक मार्गमा रहेका पुलहरुको आज शुक्रबार उद्घाटन गर्ने कार्यक्रम थियो । तर अन्तिम अवस्थामा आएर भारतले सो कार्यक्रम रोकेको छ ।

भारतले दार्चुलासँग जोडिएको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग अतिक्रमण गरेर त्यहाँ सैन्य अखडा बनाएको छ । पछिल्लो समय कालापानी र लिपुलेक हुँदै चीनको सीमा जोड्ने राजमार्ग निर्माण गरेर उद्घाटन समेत गरेपछि नेपालले सो भूभागलाई समेटेर नयाँ प्रशासनिक नक्सा सार्वजनिक गरिसकेको छ ।

त्यसयता दुबै देशको सम्बन्धमा झनै तिक्तता उत्पन भएको छ । नेपालले वार्ताद्वारा समस्या समाधानको बाटो खोजिरहेको बेलामा भारतले आफ्नो निर्धारित कार्यक्रम स्थगित गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यद्यपि भारतले सीमा विवादबारे वार्ता गर्ने रुची भने अहिलेसम्म देखाएको छैन ।

प्रतिक्रिया
सम्बन्धित