
महोत्तरी, २ असोज । सशस्त्र प्रहरीले सीमा सुरक्षामा जनशक्ति बढाउँदै प्रदेश–२ मा थप गण सञ्चालनमा ल्याएको छ ।
प्रदेश–२ का भारतसँग दक्षिणी सीमा जोडिएका ८ वटै जिल्लामा सुरक्षा प्रबन्ध थप सुदृढ बनाउन बिहीबार महोत्तरीको बर्दिवास–४ माईस्थानमा रिजर्भ गणको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।
सशस्त्र प्रहरी बल प्रदेश–२ मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिवासका प्रमुख तथा बाहिनीपति (सशस्त्र प्रहरी नायब महानिरीक्षक) कृष्णभक्त ब्रह्मचार्यले बाहिनी परिसरमै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’ कार्यालयको उद्घाटन गरे ।
नयाँ रिजर्भ गण स्थापनासँगै प्रदेशका ८ वटै जिल्लामा सीमा सुरक्षाका लागि अतिरिक्त जनशक्ति विन्यास गर्न थालिएको गणले बताएको छ । गणमा अन्य ठाउँबाट नयाँ पदस्थापन भई जनशक्ति आउने क्रम सँगसँगै आवश्यकताका आधारमा विन्यास पनि सँगसँगै गर्न थालिएको छ । उक्त गणमा ६२१ जना जनशक्ति रहने व्यवस्था छ ।















प्रतिक्रिया