बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

टाटा अल्ट्रोज प्रिमियम ह्याचब्याक अब नेपालमा

दैनिक नेपाल २०७७ असोज २ गते १०:५६

काठमाडौं, २ असोज । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोजको डिजिटल प्रबिधिमार्फत नेपाली बजारमा सार्वजनिक गरेको छ ।

प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसै वर्षको शुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्याधिक सकारात्मक प्रतिकृया पाइरहेको विज्ञप्तिमा जनाइएको छ ।

सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटा अल्ट्रोजको सुरुवाती मूल्य उनन्तीस लाख उनान्सय हजार मात्र तोकेको छ । साथै सिप्रदीले नेपालभरिका सबै डिलरहरूमार्फत प्रिमियम ह्याचब्याक अल्ट्रोज गाडीको बुकिङ्ग पनि खुल्ला गरेको छ ।

टाटा अल्ट्रोज अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी हो । यसमा स्ट्राइकिङ्ग डिजाइन, वाइड एरे अफ इण्डष्ट्रिज – फस्ट, ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ्ग, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्स र उत्कृष्ट प्रबिधि रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित