७ कार्तिक २०८३, शनिबार

ओपोले मनायो १६औँ वार्षिकोत्सव

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शन्चन, २ असोज । विश्वस्तरमै अग्रणी टेक ब्राण्ड ओपोले १६औँ वर्षिकोत्सव मनाएको छ ।

निरन्तर नवप्रबर्तन पस्कँदै आइरहेको ओपोले विगतका केही वर्षमा आफ्नो परिचय फोन निर्माताबाट स्मार्ट उपकरण नवप्रबर्तनका रुपमा स्थापित गरिसकेको जनाएको छ ।

आफ्ना पार्टनर्स तथा प्रयोगकर्ताका लागि उद्योगलाई विकासतिर अग्रसर गराउने खालका उच्च गुणस्तरीय सुन्दर डिजाइनसहितका प्राविधिक उत्पादन तथा सेवामार्फत कम्पनीले विश्वभर आफ्नो छाप छोड्दै आइरहेको छ ।

‘वार्षिकोत्सवको यो अवधिसम्म आई पुग्दा हामी निकै गौरवान्वित महशुस गर्दैछौँ’, विज्ञप्तिमा ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोन चनले भनेका छन्, ‘ओपोको यो यात्रामा साथ दिनुहुने समस्त उपभोक्ता, पार्टनर्स, कर्मचारी जसको प्रतिबद्धता र समर्थनले हाम्रो सफलताको सम्भव बनाइ दिएको छ सबैप्रति हामी हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छौँ ।’