३ कार्तिक २०८३, मंगलबार

कंगनाले उर्मिलालाई पोर्नस्टार भनेपछि बलिउडमा हँगामा

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायिका उर्मिला मातोंडकरलाई कंगना रनौतले ‘सफ्ट पोर्न स्टार’ भनेकी छिन् ।

उर्मिलालाई ‘सफ्ट पोर्न स्टार’ भनेपछि कंगनाको विरोध भएको छ । बलिउडका कलाकारहरूले कंगनाको विरोध गरेका हुन् ।

पछिल्लो समय भारतीय जनता पार्टी (भाजपा)को पछाडि लागेर महाराष्ट्र सरकारका मुख्यमन्त्री एवम् शिव सेना प्रमुख उद्धव ठाकेरविरुद्ध अभिव्यक्ति दिँदै आएकी कंगनाले उर्मिलालाई ‘सफ्ट पोर्न स्टार’ भनेर अपमान गरेकी हुन् ।

एउटा टेलीभिजनसँगको साक्षात्कारमा नायिका कंगना रनौतले उर्मिला मातोंडकरलाई ‘सफ्ट पोर्न स्टार’को उपाधि दिएकी हुन् ।

नायिका कंगना रनौतले ‘सफ्ट पोर्न स्टार’ भनेपछि नायिका उर्मिला मातोंडकरलाई बलिउडमा समर्थन गर्दै कंगनाको आलोचना गरेको छ ।

फिल्ममेकर अनुभव सिन्हाले उर्मिला मातोंकरलाई सुन्दर अभिनेत्री भन्दै ट्वीट गरेका छन् । उनले सांकेतिक भाषामा कंगना रनौतको विरोध गर्दै उर्मिला मातोंडकरको समर्थन गरेका हुन् ।

डिजाइनर फराह खान अलीले उर्मिला मातोंडकर, जया बच्चन, स्वरा भास्कर, तापसी पन्नू, सोनू सूद र हेमा मालिनीलाई ट्वीटरमा ट्याग गर्दै लेखेकी छिन्, ‘माथिल्लो दर्जाका मान्छेहरू केही विषयमा कराएर आफ्नो कुरा राख्छन् । फेरि पनि उनीहरू चिप्लिेने गरेका छन् । राम्रा कलाकार आफै राम्रा हुन्छन् ।’

स्वरा भास्करले भनेकी छिन्, ‘प्यारी उर्मिला मातोंडकरजी, मासूम, चमत्कार, रंगीला, जुदाई, दौड़, सत्या, भूत, कौन, जंगल, प्यार तूने क्या किया, तहजीब, पिंजर, एक हसीना थी जस्ता धेरै फिल्ममा तपाईको दमदार अभिनयको याद गरिरहेकी छु ।’

‘यी फिल्महरूमा तपाईले अब्बल राम्रो अभिनय र डांसले मलाई कायल बनाएको छ’, स्वरा भास्करले भनेकी छिन्, ‘तपाईलाई मेरो माया सधैँ रहन्छ ।’

फिल्ममेकर एवम् अभिनेत्री पूजा भट्टले उर्मिलालाई आफ्नो समर्थन दिएकी छिन् । ‘उर्मिला, तपाई एउटा दिग्गज कलाकार हो । रंगीलाले एउटा फिल्मको भावनात्मक रूपमा हामीलाई प्रभावित गरेको छ’, पूजा भट्टले भनेकी छिन्, ‘तपाईले हामीलाई आफ्नो सीमा बढाउन हौसला दिनुभएको छ ।’