शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एनआरएनए यूकेले दियाे बागमती सरकारलाई अक्सिजन मेसिन

दैनिक नेपाल २०७७ असोज २ गते ८:०६

लन्डन । नेपालमा ‘कोभिड १९’ संक्रमितको उपचारमा सहयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बाग्मती प्रदेश सरकारलाई पनि अक्सिजन मेसिन हस्तान्तरण गरेको छ ।

बागमती प्रदेशका लागि फोकल पर्सन तोकिएका महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई दुई थान अक्सिजन मेसिन बिहीबार हस्तान्तरण गरिएको हो ।

एनआरएनए यूकेले सहयोगस्वरुप पठाएका अक्सिजन मेसिन नेपालस्थित पत्रकार डण्ड गुरुङले मन्त्री गुरुङलाई हस्तान्तरण गरेका थिए ।

एनआरएनए यूकेले प्रदान गरेका मेसिन बुझ्दै मन्त्री गुरुङले सहयोगका लागि धन्यवाद ज्ञापन गरे । आवश्यकता हेरेर जिल्ला अस्पतालहरुमा ती मेसिन पठाउने प्रबन्ध मिलाउने उनले जानकारी गराए ।

नेपालका सातवटै प्रदेशमा दुई दुई थान अक्सिजन मेसिन पठाउने योजनाअन्तर्गत यसअघि अन्य सबै प्रदेशमा अक्सिजन मेसिन हस्तान्तरण गरिसकिएको थियो ।

बिहीबार बागमती प्रदेशमा हस्तान्तरण भएपछि देशका सात प्रदेशलाई जम्मा १४ मेसिन बाँडिएको छ ।

प्रतिक्रिया
सम्बन्धित