सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

अनलाइनमार्फत कर संकलन सुरु

दैनिक नेपाल २०७७ असोज १ गते १५:२१

काठमाडौँ, १ असोज । काठमाडौँ महानगरपालिकाले अनलाई प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन कार्य सुरु गरेको छ ।

महानगरपालिकाले आज वडा नम्बर २६ लगायत १० वटा वडाहरुबाट सेवा सुचारु गरेको हो ।

विद्युतीय प्रणालीमार्फत कर संकलन गर्ने महानगरपालिकाको सातौँ नगरसभाले निर्णय गरेको थियो ।

निर्णयअनुसार विभिन्न १० वटा वडाबाट सेवा सुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत एकनारायण अर्यालले बताए ।

सेवाग्राहीहरुले समयमा कर तिर्न नपाएको, सेवा समयमा नपाएको गुनासो महानगरलाई आउने भएकाले अब सबैले आफ्नो घरघरबाट कर तिर्न सक्ने व्यवस्थाको सुरुवात भएको उनले बताए ।

अनलाई प्रणालीमार्फत कर संकलन गर्दा कहाँ कति उठ्यो र कहाँ कहाँ बाँकी छ भन्ने तथ्यांक राख्न पनि सहज हुनेछ । महानगरको यो कार्यबाट अरु स्थानीय निकायले पनि सिक्न सक्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित