३ कार्तिक २०८३, मंगलबार

गायिका म्याडोनाको जीवनीमा फिल्म बन्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Singer Madonna speaks to guests after receiving the Advocate for Change award during the 30th annual GLAAD awards ceremony in New York City, New York, U.S., May 4, 2019. REUTERS/Eduardo Munoz

न्युयोर्क । अमेरिकन गायिका म्याडोनाको जीवनीमा फिल्म बन्ने भएको छ । फिल्मलाई म्याडोनाले नै निर्देशन गर्ने छिन् ।

युनिभर्सल पिक्चर्सले म्याडोनाको निर्देशनमा ‘पप स्टार’माथि फिल्म घोषणा गरेको थियो । फिल्मको नाम भने सार्वजनिक गरिएको छैन । चलचित्रमा न्युयोर्कको सुकुम्बासी बस्तीदेखि ग्लोबल स्टारडमसम्मको यात्रा समेटिनेछ ।

म्याडोना फिल्ममा आफ्नो जीवन यात्रालाई प्रस्तुत गर्न चाहिन्छिन् । ‘जीवनले कलाकार, संगीतकार, डान्सरको रुपमा अविश्वसनीय यात्रामा लगेको छ । एक मानिस जो आफ्नो बाटो यो संसारमा बनाउँदै छ’, उनले भनेकी छिन् ।

म्याडोनाले फिल्म मूलत: संगीतमै आधारित हुने उल्लेख गरेकी छिन् । ‘संगीतले अगाडि बढ्न र कलाले मलाई जीवित राखिरह्यो । मेरो जीवनमा धेरै नभनिएका र उत्प्रेरणा दिने कथा छन् जसलाई मैलेबाहेक कसले राम्ररी भन्न सक्छ,’ उनको बयानमा उल्लेख गरिएको छ ।

फिल्मलाई एमी प्यास्कलले निर्माण गर्ने बताइएको छ । यसअघि एमीले सन् १९९२ मै उनले ‘अ लिग अफ दियर ओन’ बनाउने क्रममा नै म्याडोनासँग काम गरेकी थिइन् ।