
काठमाडौँ, ३१ भदौ । काठमाडौँ उपत्यकामा थप ७ सय ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ६ सय ५२, ललितपुरमा ६० र भक्तपुरमा ३५ गरी उपत्यकामा ७ सय ३७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उपत्यकामा मंगलबार ६ सय ७६ जनामा संक्रमण देखिएको थियो ।
देशभर वुधबार थप १ हजार ५ सय ३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ३ सय ७९ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया