शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

जया बच्चन, रवि किशन र कंगना रनौटबीच विवाद

दैनिक नेपाल २०७७ भदौ ३१ गते १०:२५

मुम्बई । बलिउडमा ड्रग विवादमा समाजवादी पार्टीकी सांसद जया बच्चन, भाजपा सांसद रवि किशन र नायिका कंगना रनौटबीच विवाद भएकाे छ ।

मंगलबार राज्यसभामा जया बच्चनले भनेकी छिन्, ‘फिल्म इन्डष्ट्रिमा नाम कमाउनेहरुले नै यसलाई नाली भनिरहेका छन् । मलाई आशा छ कि सरकारले यस्ता मानिसहरुलाई यस्ता भाषाको प्रयोग नगर्न भनोस् ।’

जया बच्चनले भनिन्, ‘केही मानिसहरुका कारण तपाईं पूरा उद्योगको छविलाई धुमिल पार्न सक्नुहुन्नँ । मलाई लाज लाग्छ कि हिजो लोकसभामा हाम्रा सदस्यका एक सदस्य, जो फिल्म उद्योगसँग जोडिएका छन्, उनले यसविरुद्ध बोले । यो लज्जाको विषय हो । तपाईं जुन थालमा खानुहुन्छ त्यसमा प्वाल पार्न सक्नुहुन्नँ ।’

वास्तवमा, जयाको यो बयान सुशान्तको मृत्युपछि बलिउडसँग कंगना रनोटको विवाद र भाजपा सांसद रवि किशनको लोकसभामा दिइएको बयानसँग जोडिएर हेरिएको छ ।

जया बच्चनको बयानमा रवि किशनले मंगलबार भने, ‘मलाई आशा थियो कि जयाजी मेरो समर्थन गर्थिन् । इन्डष्ट्रिमा सबैजना ड्रग्स लिँदैनन् । तर जसले लिन्छन्, उनीहरु संसारको सबैभन्दा ठूलो फिल्म इन्डष्ट्रिलाई समाप्त गर्ने योजनाका हिस्सा हुन् । जब मैले र जयाजीले फिल्म इन्डष्ट्रि ज्वाइन गरेका थियौं तब स्थिती यस्तो थिएन, तर आज इन्डष्ट्रिलाई जोगाउन आवश्यक छ ।’

वास्तवमा, सोमबार भाजपा सांसद रवि किशनले लोकसभामा ड्रग्स र बलिउड कनेक्सनको मुद्दा उठाएका थिए । उनले शून्य समयमा भने, ‘पाकिस्तान र चीनबाट ड्रग्सको तस्करी भइरहेको छ । यो देशको युवा पिढिलाई बर्बाद गर्ने षड्यन्त्र हो । हाम्रो फिल्म उद्योगमा यसको पैठ भइसकेको छ र एनसीबीले यसको अनुसन्धान भइरहेको छ । यो मामिलामा कडा कारवाही होस् भन्ने मेरो माग छ ।’

प्रतिक्रिया
सम्बन्धित