बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

पहिराेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

दैनिक नेपाल २०७७ भदौ ३१ गते ९:२६

फाइल तस्वीर

भरतपुर, ३१ भदाै । पहिराेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।

पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा बुधबार बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिएका छन् ।

सडकमा झरेको लेदो हटाउन डोजर पुगेको छ । पानी र परिरहेका कारण हटाउन समस्या भएको तामाङले बताए ।

पानी पर्न रोकिएपछि लेदो हटाएर आवागमन सहज बनाइने तामाङले बताए ।

प्रतिक्रिया
सम्बन्धित