शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

ओपोद्वारा वैश्विकस्तरमा कलरओएस ११ सार्वजनिक

दैनिक नेपाल २०७७ भदौ ३१ गते ५:५३

काठमाडौं, ३१ भदौ । स्मार्टफोन ब्राण्ड ओपोले नयाँ कलरओएस ११ को ग्लोबल लञ्च गरेको छ । यससंगै ओपोले वैश्विक प्रयोगकर्तालाई नयाँ एन्ड्रोइड ११ अपडेट उपलब्ध गराउने पहिलो मध्यकै एके ओईएमएसका रुपमा ईतिहास समेत रचेको छ ।

‘मेक लाइफ फ्लो’ अवधारणामा आधारित कलरओएस ११ले पछिल्ला संस्करणका उत्कृष्ट एन्ड्रोइड फिचर्सलाई निरन्तरता दिँदै ओपोका प्रयोगकर्ताले चाहेको जस्तै उत्कृष्ट यूआई कस्टमाइजेशनपनि उपलब्ध गराउँछ । गूगलको एन्ड्रोइड ११ घोषणा पछ्याउँदै द्रुत प्रक्षेपनका साथ सार्वजनिक यो सार्वजनिक हुनु दूई कम्पनी विचको नजिकको सहकार्य हो ।

प्रयोगकर्ताको ब्यक्तित्व झल्काउने नयाँ श्रेणीको यूआई कस्टमाइजेशन सुविधा कलरओएस ११ ले अदृतीय यूआई कञ्टमाइजेशनको सुविधा उपलब्ध गराउँदै प्रयोगकर्तालाई आफ्नो सिर्जनशीलता झल्काउँदै आफू अनुकुल ब्यक्तिगत तथा पृथक अनुभव लिन सघाउने विज्ञप्तिमा उल्लेख छ ।

प्रयोगकर्ताले आफ्नो चाहना अनुसार अल्वेज(अन डिस्प्ले, थिम, वालपेपर तथा फोन्ट्स, आइकनस र रिंगटोनको चयन गर्न सक्छन् । यो नयाँ अपडेटले एन्ड्रोइडको पछिल्लो डार्क मोडलाई तीन कलर स्किम तथा कन्ट्रास्ट लेभलका साथ अझ सुदृढ रुपमा प्रस्तुत गरेको छ ।

ओपो रिल्याक्स २.०ले प्रयोगकर्तालाई विश्वभरका सहरबाट संकलित आवाज मार्फत आफ्नो चाहना अनुसार ह्वाइट न्वाइज मिक्स बनाउन सघाउँछ ।

‘कलर ओएस ११को यूआई कस्टमाइजेशनको जड तिनको अझ ब्यक्तिगत र पृथक फोन प्रयोग अनुभवको चाहना हो’, ओपो कलरओएस डिजाइन प्रोजेक्टका लिड लिन्न नीले भने, ‘प्रयोगकर्ताहरूका प्रतिक्रियालाई दृष्टिगत गर्दै कलरओएस समुहले विभिन्न फिचर्सहरु समाहित गर्न पर्सनलाइज्ड यूआई उपलब्ध गराएको हो । यसो गरिरहँदा प्रयोगकर्ताले आफ्ना सिर्र्जनशिलता प्रस्फूटन गर्दै फोन माथिको आफ्नो नियन्त्रणको समेत अनुभव गर्न पाउन भन्ने तिर हामीले विशेष ध्यान दिएका छौँ ।’

प्रतिक्रिया
सम्बन्धित